आज माओवादी केन्द्रमा समाहित हुँदै नेपाल समाजवादी पार्टी

आज माओवादी केन्द्रमा समाहित हुँदै नेपाल समाजवादी पार्टी

काठमाडौं : गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) माओवादी केन्द्रमा समाहित हुँदैछ।

ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे नेसपा माओवादी केन्द्रमा समाहित हुन लागेको हो। यसका लागि एक कार्यक्रमको पनि आयोजना गरिएको छ।

कार्यक्रमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरूले सम्बोधन गर्नेछन्।

नेपाल समाजपादी पार्टीबाट अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठले माओवादीमा समाहित हुने पक्रिया अघि बढाएका हुन्।

२९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ।

आज समाजवादी पार्टीका १७ कार्यकारिणी सदस्यहरू माओवादीमा समाहित हुँदैछन्।

जेठ १२, २०८२ सोमबार ०८:१४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।