दुर्गा, रवीन्द्र र धवलसहित ५० जनामाथि पाँच अभियोग

काठमाडौँ : चैत १५ को घटनामा दुर्गा प्रसाईँसहित ५० जना विरुद्ध पाँच अभियोग लागेको छ। आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूमाथि पाँच अभियोगमा सजायको माग राख्दै जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो।
दुर्गा प्रसाईँ, रवीन्द्र मिश्र, धवल शमशेर राणा, हरिहर चौलागाइँ, सरोज गौतम लगायतमाथि सरकारी वकिलको कार्यालय काठमाडौँले राज्य विरुद्धको कसुर, कर्तव्य ज्यान,आपराधिक उपद्रव, ज्यान मार्ने उद्योग र सङ्गठित अपराधको अभियोग लगाएको हो।
जेठ ११, २०८२ आइतबार १८:०९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।