एमाले गृहमन्त्री लेखकको प्रतिरक्षामा, सञ्चारमन्त्रीपछि पार्टी महासचिव पोखरेलले उल्टो सोधे प्रश्न

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको एमाले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसाको संलग्नताबारे लागेको आरोपको प्रतिरक्षामा उत्रिएको छ। सरकारका प्रवक्ता समेत रहेका पृथ्वी सुब्बा गुरुङले आइतबारै एक कार्यक्रममा कर्मचारीमाथि आरोप लाग्दैमा मन्त्रीले राजीनामा दिनु नपर्ने दाबी गरेका थिए।
आइतबार एमालेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका महासचिव शङ्कर पोखरेलले आरोपको मात्रै विषयले सबै कुरा निर्धारण गर्दैन भन्दै प्रतिरक्षामा उत्रिए। शनिवार गृहमन्त्री रमेश लेखकले पनि कर्मचारीमाथि अनुसन्धान शुरुहुँदा मन्त्रीले राजीनामा दिने पद्धति सुरु गर्न खोजेको हो भनेर प्रतिप्रश्न गरेका थिए। सञ्चारमन्त्री गुरुङले पनि कर्मचारी पक्राउ पर्दा मन्त्रीले राजीनामा दिनुपर्ने हो भनेर प्रतिप्रश्न नै गरेका थिए।
एमाले महासचिव पोखरेलले पनि प्रतिप्रश्न गर्दै पत्रकारलाई सोधे 'के भएको छ भन्ने कुरा सम्बन्धित निकायको ध्यान पुगेकै होला नि ? होइन र?’
उनले आमसञ्चारमाध्यम वा सामाजिक सञ्जालबाट अनुसन्धान अभियोजन गर्ने हक नहुने भन्दै अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्ने र दोषी देखिएहरूका हकमा कारबाही हुने दाबी गरे।
सम्बन्धित समाचार
जेठ ११, २०८२ आइतबार १७:५५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।