नेप्से निरन्तर ओरालोमै, ८.५७ अंकको गिरावट

नेप्से निरन्तर ओरालोमै, ८.५७ अंकको गिरावट

काठमाडौँ : यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आठ दशमलव ५७ अङ्कले घट्यो। आइतबार दिनभरको कारोबारमा शून्य दशमलव ३१ प्रतिशतको झरेपछि नेप्से परिसूचक दुई हजार छ सय ७९ दशमलव ९८ को बिन्दु कायम भयो।

आइतबार लघुवित्त समूह दुई दशमलव ३२ र व्यापार समूह शून्य दशमलव १३ प्रतिशतले बढ्यो भने अन्य सबै समूहको उपसूचक घट्यो।

आइतबार तीन सय १४ कम्पनीको एक करोड ८५ लाख पाँच हजार सात सय ७१ कित्ता शेयर ७० हजार छ सय १० पटक खरिदबिक्री हुँदा सात अर्ब ६० करोड ९५ लाख ४२ हजारको कारोबार भयो।

आइतबारको कारोबारमा बैङ्किङ शून्य दशमलव ६६, विकास बैंक एक दशमलव ४६, वित्त शून्य दशमलव ९९, होटेल तथा पर्यटन एक दशमलव ७५ र जलविद्युत् शून्य दशमलव ३६ प्रतिशतले घट्यो। लगानी समूह एक दशमलव शून्य तीन, जीवन बिमा शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य तीन, म्युचुअल फण्ड दुई दशमलव ९६, निर्जीवन बिमा शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव ४५ प्रतिशतले घट्यो।

आइतबारको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव २८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आइतबार सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ७१ करोड ४९ लाख २८ हजार बराबरको कारोबार भयो। कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फण्डको १४ लाख ९० हजार छ सय ४९ कित्ता शेयर किनबेच भयो।

जेठ ११, २०८२ आइतबार १६:३०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।