एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं : एमालेको सचिवालय बैठक आज बस्दै छ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो २ः०० बजे बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट, गणतन्त्र दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थितिबारेमा छलफल हुने छ।
जेठ ११, २०८२ आइतबार १३:२७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।