गृहमन्त्रीमाथि राजीनामाको दबाब बढेपछि देउवाले बोलाए पदाधिकारी बैठक

गृहमन्त्रीमाथि राजीनामाको दबाब बढेपछि देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं : सोमबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठक सोमबार बिहान आफ्नै निवासमा बोलाएका छन्। 

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने भनिएको छ। गृह मन्त्रालयसँग जोडिएको पछिल्लो घटना बैठकको प्रमुख विषय बन्ने देखिन्छ। 

भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने गम्भीर अपराधमा संलग्न समूहबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दै विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई सहित चार जना अनुसन्धानको दायरामा छन्। अख्तियारले गृह प्रशासनका अन्य कर्मचारी र यो गिरोहमा संलग्नताबारे गृहमन्त्रीको सचिवालयका केही कर्मचारीमाथि समेत छानबिन शुरु गरेको छ।

गृहमन्त्रीको सचिवालय नै विवादमा तानिएपछि गृहमन्त्री लेखक समेत दबाबमा आएका छन्। उनकै दलका नेता शेखर कोइरालाले नै नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिइसकेका छन्।

जेठ ११, २०८२ आइतबार १२:४१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।