भर्चुअल बैठकबाट गृहमन्त्रीको राजीनामा मागेका रास्वपा केन्द्रीय समिति सदस्यहरू वनस्थलीमा बस्दै

काठमाडौं : शनिबार आकस्मिक भर्चुअल बैठक बसेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ। आइतबार पनि रास्वपा केन्द्रीय समिति सदस्यहरू वनस्थलीमा बस्दै छन्। रास्वपाको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपाको केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक हिजो ४ बजे बसेको थियो। त्यसको निरन्तरता स्वरूप केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो।
बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले दिएको आदेश, पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसामा जानेहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको चर्चालगायत विषयमा छलफल हुनेछ।
जेठ ११, २०८२ आइतबार ११:४८:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।