सुनको मूल्य १८ सयले बढ्यो, चाँदीको मूल्य स्थिर

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैयाँले कायम रहेको छ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजारले रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदि तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
जेठ ११, २०८२ आइतबार ११:२९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।