आजको मौसम : देशका विभिन्न भागमा वर्षाको सम्भावना

आजको मौसम : देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ। जसका कारण देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ।

 आज दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा भने मौसम मुख्यतया सफादेखि महाशाखाकाले जनाएको छ। 


कोशी, मधेश, बागमती, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राति भने कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने सम्भावना छ।

कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

जेठ ११, २०८२ आइतबार ०७:०५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।