अनलाइन पत्रकार संघको अध्यक्षमा सत्याल

अनलाइन पत्रकार संघको अध्यक्षमा सत्याल

काठमाडौं : अनलाइन पत्रकार संघको साधारण सभाले शिव सत्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

शनिबार भएको संघको १४औं साधारण सभाले सत्यालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिमा सत्याल अध्यक्ष, प्रजु पन्त उपाध्यक्ष, सन्तोष रोकाया सचिव, निर्दोष घोरासाइने कोषाध्यक्ष र सदस्यहरूमा कृष्ण लोथ्याल, पुष्पा केसी र श्रीकृष्ण धिमाल रहेका छन्।

अनामनगरमा भएको साधारण सभामा नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल प्रमुख अतिथि थिए।

जेठ १०, २०८२ शनिबार २३:३३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।