हृदयेन्द्रसहित पूर्वराजा शाह नारायणहिटीमा

तस्विर : रोयल नेपाल फ्याम्ली
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित शनिबार साँझ नारायणहिटी दरबार पुगे। उनी चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाआजा गर्न त्यहाँ पुगेका हुन।
पूर्वरानी कोमल, पूर्व अधिराजकुमारी प्रेरणा र अमेरिकाबाट आएका पूर्व नवयुवराज हृदयेन्द्र पनि पूजामा सहभागी थिए। हृदयेन्द्र जेठ ४ गते नेपाल फर्किएका हुन्।
नारायणहिटी दरबारभित्रै रहेको यो मन्दिर पूर्व राजपरिवारको विशेष आस्थाको केन्द्र मानिन्छ।
जेठ १०, २०८२ शनिबार २१:४०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।