एक दिनको धक्काले भ्रष्ट व्यवस्था ढल्छ : राजेन्द्र लिङ्देन

एक दिनको धक्काले भ्रष्ट व्यवस्था ढल्छ : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले साथ दिए एक दिनको धक्काले व्यवस्था ढल्ने दाबी गरेका छन्।

राजसंस्था पुनः स्थापनाको लागि घरदैलो तथा प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले जेठ १५ गतेको आन्दोलनमा देशवासी नै  सहभागी हुनुपर्ने बताए। उनले देशलाई बिग्रिन नदिनको लागि र भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा सहभागी हुनुपर्ने बताए। 

उनले भने, ‘नेपालको भविष्य बर्वाद हुनेवाला छ । यसकारण यो देशलाई बिग्रिन नदिनको लागि, भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा आउनुपर्छ । यो आन्दोलन नेतृत्व गर्नेको मात्र होइन यो आन्दोलन हामी सबैको साझा आन्दोलन हो । देशवासीको आन्दोलन हो।’

साथै उनले जनताको एक दिनको धक्काले र योगदानले यो  भ्रष्ट व्यवस्था ढल्ने बताए। उनले शान्तिपूर्ण आन्दोलनमा कुनै पनि हिंसात्मक कार्यहरू गर्न नदिन सरकारलाई  आग्रह गरे।

उनले भने, ‘तपाईंको एक दिनको धक्काले र योगदानले यो  भ्रष्ट व्यवस्था ढल्छ। र सबैको  भविष्य सुरक्षित हुन्छ।  हामी शान्तिपूर्ण आन्दोलन गर्छौं। यो  शान्तिपूर्ण  आन्दोलनमा सरकारलाई हामी  कुनै  हिंसात्मक कार्यहरू गर्न नदिनको लागि आग्रह गर्न चाहन्छौं।’

जेठ १०, २०८२ शनिबार १९:५६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।