अध्यात्मका बारेमा पढ्न शिक्षामन्त्रीको सुझाव

अध्यात्मका बारेमा पढ्न शिक्षामन्त्रीको सुझाव

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यात्मका बारेमा सबैले पढ्नुपर्ने बताएका छन्। कल्पना रिजालद्वारा लिखित ‘डाँफे’ कृतिको लोकार्पण कार्यक्रममा बोल्दै उनले ‘गीता’का बारेमा पनि छलफल गर्नुपर्ने बताए।

उनले भने, ‘गीताले हाम्रा धेरै मान्छेहरूलाई प्रभावित पारेको छ। खासगरी गीता के हो, कहिले छलफल गरेका छौं ?  यसमा छलफल गर्नुपर्छ। अध्यात्मका बारेमा सबैले पढ्नुपर्छ। लेखकले पढ्ने भनेको एउटा बाँचिरहेको समाज हो, अर्को आफूसँग उपलब्ध ज्ञानका माध्यमहरूलाई पढ्ने हो। राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छ। ज्ञानको ज्योति जति फैलिँदै जान्छ मान्छेको उडान त्यति नै  हुँदै जान्छ।’ 

साथै उनले नेपाली साहित्यमा मदनमणि दीक्षितलाई नपढ्नु भनेको एउटा अमूल्य अनुभव नभोग्नु भएको बताए। 

उनले वौद्धिक साहित्य, वेद वा दर्शनका बारेमा र हाम्रा प्राचिन वाङ्मयका बारेमा पढ्नुपर्छ भने गहन रुपमा बुझ्नसक्ने बताए।

जेठ १०, २०८२ शनिबार १८:४१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।