विश्वमै पहिलो पटक रोबोट फाइटिङ हुँदै

विश्वमै पहिलो पटक रोबोट फाइटिङ हुँदै

एजेन्सी : विश्वको पहिलो रोबोट फाइटिंङ(कुस्ती) प्रतियोगिता चीनमा आयोजना गरिदैछ। पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउ शहरमा आइतबार सुरु हुँदैछ। 

प्रतियोगितामा अत्याधुनिक प्रविधिले सुसज्जित मानवजस्तै रोबोटहरू प्रतियोगितामा उत्रिनेछन्। चाइना मिडिया ग्रुप (सीएमजी) वल्र्ड रोबोट कन्टेस्टः मेक कम्ब्याट एरिना प्रतियोगिताको प्रत्यक्ष प्रशारण समेत गर्ने भएको छ।

प्रतियोगिता हाङझाउको ओलम्पिक स्पोट्र्स सेन्टरमा आयोजना हुँदैछ। सहभागी ह्युमनोइड रोबोटहरूले सिधा मुक्का, हुक र साइड किक जस्ता फाइटिङ सीपहरू प्रदर्शन गर्नेछन्। त्यो भन्दापनि भुइँमा खसेपछि पनि छिटो उभिन सक्ने उनीहरुको क्षमतालाई विशेष चासो राखिएको छ।

प्रतियोगितामा मुख्यतया दुई भागहरू हुनेछन-प्रदर्शनी खेलहरू र प्रतिस्पर्धात्मक खेलहरू। कार्यक्रमको पूर्वसन्ध्यामा, विकासकर्ताहरू र रोबोटहरू दुवैले हरेक दिन उच्च तीव्रताको सीप प्रशिक्षण लिइरहेका छन्।

सबै रोबोटहरूले घरेलु रूपमा विकसित मुख्य प्रविधिहरू अपनाउनुपर्नेछ। व्यावसायिक रेफ्री र टिप्पणीकारहरूका अतिरिक्त, सम्बन्धित क्षेत्रका विज्ञहरूलाई रोबोटहरूको हरेक चालको गहन विश्लेषण गर्न प्रतिस्पर्धा स्थलमा आमन्त्रित गरिएको छ।

जेठ १०, २०८२ शनिबार १७:०५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।