ओलीलाई प्रचण्डको सल्लाह- ‘एकपटक मानसिक अस्पतालमा गएर जचाउनुस्’

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका छन्।
शुक्रबार जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत कास्की पुगेका प्रचण्डले आफू राजावादीहरूसँग मिल्ने योजनामा भएको भन्ने गलत अव्यिक्ति दिएको भन्दै ओलीलाई मानसिक अस्पतालमा गएर जचाउन सल्लाह दिएका हुन्।
प्रेस सेन्टर गण्डकी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीले प्रचण्डको योजना राजासँग मिल्ने छ भनेर बोलेको सुनेँ। अहिले त धेरै भन्नु छैन, यदि त्यसो भनेको हो भने म प्रधानमन्त्रीज्यूलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिन चाहन्छु।’
उनले माओवादीले प्रतिगामीहरूको विरुद्ध गरेको प्रतिवादले अहिलेको सरकारलाई राहत पुगेको बताए।
उनले थपे, ‘हामीले राजावादीहरूविरुद्ध, प्रतिगामीहरूविरुद्ध गरेको प्रतिवाद सायद अहिलेको भष्ट्रचारीहरूको सरकारलाई केही न केही राहत पुगेको हामीले महसुस गरेका छौँ।’
उनले माओवादीको जनजागरण अभियानहरू राष्ट्रिय एकतालाई सुदृण गर्ने अभियान बन्न पुगेको बताए।
जेठ १०, २०८२ शनिबार १०:१४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।