नेपाल एसबिआई बैंकद्वारा बालकल्याण विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग र शैक्षिक सामग्री वितरण

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिका-२५, हेमजास्थित श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई स्कुल ब्याग तथा शैक्षिक सामग्री वितरण गरेको छ।
विद्यालयमा आयोजित विशेष कार्यक्रममार्फत बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई सामग्रीहरू हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत रोशन कोइरालासहित बैंक र विद्यालयका अन्य पदाधिकारी तथा शिक्षकहरूको उपस्थिति थियो।
नेपाल एसबिआई बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
बैंकले विगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १८ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।
जेठ १०, २०८२ शनिबार ०९:५६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।