ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

एजेन्सी : ज्योति विकास बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ज्योति स्मार्ट’ मार्फत हवाई टिकट खरिद गर्ने ग्राहकलाई पाँच सय रुपैयाँ क्यासब्याक दिने भएको छ।

बैंकले ल्याएको अफर अनुसार ग्राहकले एपमार्फत पहिलोपटक हवाई टिकट खरिद गर्दा ‘Jyoti500’ प्रोमो कोड प्रयोग गरी सो क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

देशभरका जुनसुकै एयरलाइन्सको टिकटमा यो अफर लागू हुनेछ। योजना जेठ ९ गतेदेखि सीमित अवधिका लागि मात्रै उपलब्ध हुनेछ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको यस योजनामार्फत बैंकले ग्राहकलाई सस्तो, सहज र सुरक्षित सेवा दिने लक्ष्य लिएको जनाएको छ।

सामाजिक उत्तरदायित्वमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको बैंकले ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष दुई हजारभन्दा बढी नवजात शिशुको जीवन रक्षा गर्दै आएको छ।

बैंकले अघिल्लो आर्थिक वर्षमा करिब ४० करोड रुपैयाँ र चालु आर्थिक वर्षको पुस मसान्तसम्म करिब १५ करोड रुपैयाँ कर तिरेको जनाएको छ।

हाल बैंकले देशभर १२१ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ।

जेठ १०, २०८२ शनिबार ०९:०९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।