५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनीपछि युरोपियन युनियनले भन्यो- ‘व्यापार धम्कीले होइन, सम्मानले चल्छ’

५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनीपछि युरोपियन युनियनले भन्यो- ‘व्यापार धम्कीले होइन, सम्मानले चल्छ’

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० प्रतिशत कर लगाउने चेतावनीपछि युरोपियन युनियनले यसबारे प्रतिक्रिया दिएको छ।

युरोपियन युनियनका व्यापार आयुक्त मारोस सेफकोभिकले २७ देश सम्मिलित युरोपियन युनियनले अमेरिकासँग धम्की भन्दा पनि पारस्परिक सम्मानमा साथ व्यापार गर्न चाहेको बताएका छन्।

‘युरोपियन युनियन विन-विन सम्झौताका लागि प्रतिबद्ध छ’, अमेरिकी व्यापार प्रतिनिधि जेमसन ग्रीर र वाणिज्य सचिव हावर्ड लुटनिकसँगको वार्तापछि सेफकोभिकले भने।

ईयू-अमेरिका व्यापार उत्कृष्ट भएको यसलाई धम्की र चेतावनीका साथ नभएर पारस्परिक सम्मानका साथ गरिनुपर्नेमा उनले जोड दिए। उनले आफूहरू आफ्ना हितको रक्षा गर्न तयार रहेको समेत बताएका छन्।

यसअघि शुक्रबार ट्रम्पले युरोपेली संघ र अमेरिकाबीचको व्यापार वार्ताको सुस्त गतिका कारण जुन १ देखि कर बढाउने बताएका थिए।

अमेरिकी सरकारको तथ्याङ्क अनुसार, युरोपियन युनियन अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदारहरू मध्ये एक हो। गत वर्ष युरोपेली संघले छ सय अर्ब डलरको निर्यात र ३७० अर्ब डलरको आयात गरेको थियो।

जेठ १०, २०८२ शनिबार ०८:५२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।