रविबारे सर्वोच्चको फैसलापछि रास्वपाको सचिवालय र केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र केन्द्रीय समितिको बैठक बस्दैछ।
शनिबार सचिवालयको भर्चुअल बैठक दिउँसो तीन बजे र चार बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्न लागेको हो।
शुक्रबार सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामै रहने आदेश गरेपछि बैठकको आव्हान गरिएको सचिवालयले जानकारी दिएको छ।
रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ। बैठक दिउँसो २ बजे पार्टी कार्यालयमा बस्न लागेको हो।
जेठ १०, २०८२ शनिबार ०८:१७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।