जर्मनीको ह्याम्बर्ग सेन्ट्रल स्टेशनमा अन्धाधुन्द चक्कु प्रहारबाट १७ जना घाइते, एक महिला पक्राउ

एजेन्सी : उत्तरी जर्मनीको ह्याम्बर्ग सेन्ट्रल स्टेशनमा शुक्रबार एक महिलाको चक्कु आक्रमणमा १७ जना घाइते भएका छन्।
स्थानीय समय अनुसार साँझ ६ बजेतिर भएको आक्रमणमा १७ जना घाइते भएको ह्याम्बर्ग अग्नि नियन्त्रण विभागले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
तथापि प्रहरीले घटनामा घाइते भएकाहरूको यकिन तथ्याङ्क नभएको बताएको छ। ह्याम्बर्ग प्रहरीले ३९ वर्षीया जर्मन महिलालाई घटनास्थलबाटै पक्राउ गरेको छ।
एक्समा गरिएको एक पोस्टमा ह्याम्बर्ग प्रहरीले धेरै मानिसहरू घाइते भएको बताएको छ। प्रहरीले संदिग्ध व्यक्तिले एक्लै यो काम गरेको र उनको कुनै ‘राजनीतिक उद्देश्य’ नभएको समेत उल्लेख गरेको छ।
‘उनी मानसिक रूपमा विचलित भएको हुनसक्ने हामीलाई लाग्छ’, प्रहरी प्रवक्ता फ्लोरियन अबेन्सेथले सञ्चारमाध्यमसँग भने।
जेठ १०, २०८२ शनिबार ०८:११:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।