कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार, शुक्रबार नेपाल फर्किए

फाइल तस्बिर
काठमाडौं : लामो समयदेखि कम्बोडियामा अलपत्र परेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ।
राजदूतावासले शुक्रबार उनीहरूलाई स्वदेश फर्काएको हो। स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन्।
यसका अलावा दूताबासले सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान समेत आग्रह गरेको छ।
धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा वैदेशिक रोजगारीमा दूताबासको आग्रह छ।
जेठ १०, २०८२ शनिबार ०७:५५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।