
रवि थुनामुक्त नहुने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त नहुने भएका छन्। लामिछानेलाई थुनामुक्त गरियोस् भन्ने मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
न्यायाधीश द्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार आदेश दिँदै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश नै कानुनसम्मत भएको भन्दै त्यसलाई उल्ट्याउन नपर्ने निर्णय सुनाएको हो।
वैशाख ७ गते लामिछानेकी पत्नी निकिता पौडेलमार्फत सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको थियो।
न्यायाधीश द्वय सुवेदी र ढकालको संयुक्त इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने कुनै आधार नरहेको ठहर गरेको हो।
हाल लामिछाने रुपन्देही कारागारमा थुनामा छन्।
जेठ ९, २०८२ शुक्रबार २१:०४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।