राजविराजको रुपनी रोडमा ‘बजाज ग्राण्ड एक्सचेन्ज मेला’ लाग्दै

राजविराज : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले राजविराजको रुपनी रोडमा ‘बजाज ग्राण्ड एक्सचेन्ज मेला’ गर्ने भएको छ।
जेठ ११ गतेदेखि सुरु भई जेठ १६ गतेसम्म चल्ने यो मेला अन्तर्गत जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल बुझाएर बजाजको नयाँ बाइक साट्न सकिने सुविधा प्रदान गरिएको छ।
मेलामा ग्राहकहरूले नेपालको नागरिकता प्रमाणपत्रको आधारमा बजाजका मोटरसाइकलहरू फाइनान्स गर्न सक्नेछन्।
कम्पनीले मेला अवधिभर शून्य सर्भिस चार्ज, अन–द–स्पट फाइनान्स, पुरानो बाइकको मूल्यमा थप रु १०,००० अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज, विशेष छुटहरू पाइने छ।
जेठ ९, २०८२ शुक्रबार २०:३६:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।