भाग्नलाई हेलिकप्टर दिने भनेका लिङ्देनलाई ओलीको जवाफ- प्रतिगमनको कुचेष्ठालाई धुलोपिठो बनाइन्छ

भाग्नलाई हेलिकप्टर दिने भनेका लिङ्देनलाई ओलीको जवाफ- प्रतिगमनको कुचेष्ठालाई धुलोपिठो बनाइन्छ

पोखरा : एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनतर्फ संकेत गर्दै जवाफ दिएका छन्। 

‘प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर चाहिन्छ भन्ने जस्ता उत्ताउला कुरा गरिएका छन्। म भन्न चाहन्छु – कुनै पनि प्रतिगमनको कुचेष्ठालाई हामी धुलोपिठो बनाउनेछौं,’ उनले भने। 

राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले युवाहरूलाई कुनै पनि बेला प्रतिगमनविरुद्ध अग्रसर हुन तयार रहन आग्रह गरे। 

अध्यक्ष ओलीले एमालेमाथि आन्तरिक, बाह्य र विरोधीहरूको केन्द्रीकृत आक्रमण भइरहेको दाबी गरे। ‘एमालेले गल्ती गरेको भए हामी आज जुन ठाउँमा छौं, त्यहाँ पुग्न सक्ने थियौँ र?’ उनले प्रश्न गरे, ‘हामी सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी हौं।’

उनले एमालेको समर्थन गर्दा ‘झोले’ भन्नेहरूले सिर्जना गरेको भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गर्दै भने, ‘भ्रम र अन्योलमा नपरी आफ्ना कर्तव्य पूरा गर्न म सबैलाई अनुरोध गर्छु।’

जेठ ९, २०८२ शुक्रबार १७:२४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।