नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं : गभर्नरमा योग्यता नपुगेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

सरकार र छनोट समितिलाई विपक्षी बनाउँदै दायर गरिएको सो रिटमा नियुक्ति बदर गर्न माग गरिएको छ। अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले राजनीतिक स्वार्थमा गैरकानुनी रूपमा गभर्नर नियुक्त गरिएको दाबी गर्दै रिट दायर गरेका हुन्।

जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो।
 

जेठ ९, २०८२ शुक्रबार १५:५३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।