सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्रलाई एकल अग्रता

काठमाडौं : सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको दोस्रो दिन पूर्व नम्बर एक गल्फर शुक्र बहादुर राईले एकल अग्रता लिएका छन्।
उनी समग्रमा ६-अन्डर १३० स्कोरका साथ शीर्ष स्थानमा छन्। दिनेश प्रजापति समग्रमा ५-अन्डर १३१ स्कोरका साथ दोस्रो स्थानमा छन्।
रामे मगर र भुवन कुमार रोक्का समग्रमा ३-अन्डर १३३ स्कोरका साथ संयुक्त रूपमा तेस्रो स्थानमा छन्।
सञ्जय लामा, निरज तामाङ र प्रदीप कुमार लामा समग्रमा १-अन्डर १३५ स्कोरका साथ पाँचौं स्थानमा छन्। तोरण विक्रम शाही, वसन्तराज गुरूङ र रवि खड्का समग्रमा १-ओभर १३७ स्कोरका साथ आठौं स्थानमा छन्।
एमेच्योरतर्फ राहुल विश्वकर्मा समग्रमा १-ओभर १३७ स्कोरका साथ शीर्ष स्थानमा छन्। निश्चयजङ्ग रायमाझी समग्रमा २-ओभर १३८ स्कोरका साथ दोस्रो स्थानमा छन्।
३६ होलको खेलपछि ९-ओभर १४५ सम्म स्कोर गर्ने २५ खेलाडीले (२३ प्रो, २ एमेच्योर) कट बनाएका छन्।
७२ होलको यस प्रतियोगितामा ४७ खेलाडी (३६ प्रो, ११ एमेच्योर) सहभागी छन्। कुल पुरस्कार राशि ६ लाख रुपैयाँ रहेको छ।
जेठ ९, २०८२ शुक्रबार ०९:४६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।