मध्यरातमा बैतडी केन्द्रविन्दु बनाएर दुई भूकम्प
बैतडी : बैतडी सदरमुकाम केन्द्रविन्दु बनाएर मध्यरातमा दुई भूकम्प गएको छ।
खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ बजेर ४८ मिनेटमा पाँच दशमलव एक र दुई बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाले जानकारी दिए।
लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए।
जेठ ९, २०८२ शुक्रबार ०८:००:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।