यार्सागुम्बा खोज्न पाटन गएकी कल्पनाको चट्याङ लागेर मृत्यु

यार्सागुम्बा खोज्न पाटन गएकी कल्पनाको चट्याङ लागेर मृत्यु

जुम्ला : चट्याङ लागेर जुम्लामा एक महिलाको मृत्यु भएको छ।

बिहिबार दिउँसो ४ बजेतिर चट्याङ लागेर जुम्लाको तातोपानी गाउँपालिका-८ स्थित टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए। 

मृतक शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा खोज्न गएकी थिइन्। उनको पाटनमा यार्सागुम्बा खोज्ने क्रममा चट्याङ परी मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी पठाइएको प्रहरीले जनाएको छ। 

जेठ ८, २०८२ बिहीबार २१:२०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।