बाइकमा हिँडेका दुई युवाको तलासी गर्दा झोलामा भेटियो पेस्तोल

बाइकमा हिँडेका दुई युवाको तलासी गर्दा झोलामा भेटियो पेस्तोल
ai image

तनहुँ : पृथ्वीराजमार्ग सडक अन्तर्गत आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट पेस्तोलसहित दुई युवा पक्राउ परेका छन्। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन माडी नगरपालिका-७ गौरी नगर निवासी ३२ वर्षीय विजय तिवारी र नवलपरासी बर्दाघाट सुस्ता गैँडाकोट नगरपालिका-१२ हर्कपुर निवासी २५ वर्षीय मिलन ढकाल रहेका छन्।

बिहिबार मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ को मोटरसाइकल जाँच गर्ने क्रममा अमेरिकामा बनेको ७७१ लेखिएको पेस्तोलसहित म्याग्जिन एक थान र गोली एक थान बरामद गरिएको हो । 

उक्त मोटरसाइकलको पछाडि सवार ढकालले बोकेको झोलाबाट पेस्तोलसहित दुई युवालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी  दिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

जेठ ८, २०८२ बिहीबार २०:३६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।