अर्थतन्त्र सकारात्मक दिशातर्फ हिँडेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र सुधारको बाटोमा अघि बढिरहेको बताएका छन्।
आज सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीले पछिल्लो १० महिनाको अवधिमा निर्यातमा उल्लेख्य सुधार भएको दाबी गरेका छन्। उनका अनुसार गत वर्षको सोही अवधिसँग तुलना गर्दा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ।
‘बितेका १० महिनामा निर्यात रु २ खर्ब १८ अर्ब पुगेको छ। यो गत वर्षको तुलनामा ७३ प्रतिशतले बढी हो,’ ओलीले लेखेका छन्, ‘अर्थतन्त्र सकारात्मक दिशातर्फ लम्किरहेको छ।’
प्रधानमन्त्री ओलीले मुलुकको उत्पादन र निर्यात वृद्धि देशको समग्र आर्थिक अवस्थामा सकारात्मक संकेत भएको उल्लेख गरेका छन्।
जेठ ८, २०८२ बिहीबार १८:५६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।