युनाइटेड सिमेन्ट र धुनिवेशी नगरपालिकाको सहकार्यमा निःशुल्क सिलाई-कटाई तालिम सम्पन्न

युनाइटेड सिमेन्ट र धुनिवेशी नगरपालिकाको सहकार्यमा निःशुल्क सिलाई-कटाई तालिम सम्पन्न

काठमाडौं : केएल दुगड समूह अन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धुनिवेशी नगरपालिका वडा नं. ९ सँगको सहकार्यमा सञ्चालित तीन महिनाको आधारभूत र दुई महिनाको एडभान्स सिलाई–कटाई तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। तालिममा सहभागी ४२ जना स्थानीय महिलाहरूलाई समापन समारोहमा प्रमाणपत्र वितरण गरिएको छ।

महिलाहरूलाई आत्मनिर्भर बनाउँदै आर्थिक सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालित यस कार्यक्रमले सहभागी महिलाहरूको सीप विकासमा उल्लेखनीय योगदान पुर्याएको छ।

युनाइटेड सिमेन्ट्स लिमिटेडका महाप्रबन्धक हरिकुमार उप्रेतीले व्यवसायीक लक्ष्यसँगै कम्पनीले सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राख्दै आएको बताउँदै यस्ता तालिमहरूले महिलाहरूमा आत्मविश्वास बढाउनुका साथै उनीहरूका लागि नयाँ रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न मद्दत गर्ने धारणा राखे।

कार्यक्रमको अन्त्यमा युनाइटेड सिमेन्ट लिमिटेडले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ।

जेठ ८, २०८२ बिहीबार १७:३०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।