दुर्गा प्रसाईँसहित ५३ जनाको हिरासत म्याद थपियो

दुर्गा प्रसाईँसहित ५३ जनाको हिरासत म्याद थपियो

काठमाडौं  : तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईँसहित ५३ जनाको हिरासत म्याद थपिएको छ। जिल्ला अदालत काठमाडौंले उनीहरूलाई थप २ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो।

यसअघि जेठ ४ गते उनीहरूको म्याद ४ दिनका लागि थप गरिएको थियो। चैत १५ गते काठमाडौंको तीनकुनेमा पूर्वराजा समर्थकहरूको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले दुर्गा प्रसाईँलाई पक्राउ गरेर आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। 

प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो भने करोडौंको सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो।

जेठ ८, २०८२ बिहीबार १६:४९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।