उजुरी छानबिन गर्न बनेका उपसमितिहरूलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन

उजुरी छानबिन गर्न बनेका उपसमितिहरूलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न विभिन्न समयमा बनेका उपसमितिहरूलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

समितिको आजको बैठकका समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी छानबिनका लागि गठन गरिएको उपसमितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन आग्रह गर्दै एक महिना भित्रै बुझाउन निर्देशन दिए।

समितिले उजुरीहरूको छानबिनका लागि विभिन्न समयमा नौ वटा उपसमिति गठन गरेको थियो। ती उपसमितिका समितिका संयोजकहरूलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउन भनेको हो। समितिमा ४८  उजुरी परेको थियो। ती उजुरी छानबिन गर्नका लागि समितिले उपसमिति बनाएको थियो।

बैठकमा समितिका सभापति पोखरेलले बैठकलाई मर्यादित बनाउन समितिका सबै सदस्यहरूले संयमित भएर प्रस्तुत हुन आग्रह गर्नुभएको थियो।

जेठ ८, २०८२ बिहीबार १६:४०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।