नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समिति अध्यक्ष बने उप्रेती

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समिति अध्यक्ष बने उप्रेती

काठमाडौं : नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन्। आज एक औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको शपथ लिएका हुन्।

यसअघि यो जिम्मेवारी कार्यकारी निर्देशक विश्रुत थापाले सम्हालिरहेका थिए। चेत प्रसाद उप्रेतीले केन्द्रीय बैंकको विभिन्न विभागमा २७ वर्षभन्दा बढी समय काम गरिसकेका छन्।

उनी त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् र हाल राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्।

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधिहरू रहने गर्छन्। एनसीएचएल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त प्रवर्द्धनमा स्थापना भएको कम्पनी हो, जसले नेपालमा आधुनिक राष्ट्रिय भुक्तानी प्रणाली विकास गर्ने काम गर्दै आएको छ।

जेठ ८, २०८२ बिहीबार १५:३८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।