बिकेएसपी जुडो च्याम्पियनसिप खेल्न नेपाली टोली बङ्गलादेश गयो

काठमाडौं : बङ्गलादेश क्रिरा सिख्रा प्रोतिष्ठान (बिकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज बङ्गलादेशको ढाका गएको छ। यही जेठ ११ र १२ गते हुने प्रतियोगितामा सात पुरुष र पाँच महिला गरी १२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङ, ५० केजीमुनि सभर पौडेल, ५५ केजीमुनि बुद्ध गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली, ६६ केजीमुनि विशेष विक, ७३ केजीमुनि प्रयास तामाङ र ७३ केजीमाथि विज्ञान खत्री रहेका छन्।
त्यस्तै महिला ४४ केजी मुनि समिता नेपाली, ४८ केजी मुनि निशा श्रेष्ठ, ५२ केजी मुनि विनिता नेपाली, ५७ केजी मुनि पेमा याङजी शेर्पा र ६३ केजी मुनि रेखा श्रेष्ठ छन्। सहभागी १२ खेलाडीमध्ये समिता, निशा, विनिता, पेमा र सविनसहित पाँच जना बन्दी सहायता नियोग (पाम)का हुन्।
प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन्। राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्ने नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टङ्कलाल घिसिङले आजै बिदाइ गरे।
जेठ ८, २०८२ बिहीबार १५:२०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।