सलमान खानले भारत-पाकिस्तान युद्धविरामको बारेमा गरेको पोस्ट हटाएपछि...

एजेन्सी : भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरेको अपरेशन सिन्दूरपछि सलमान खानले युद्धविरामको बारेमा एउटा पोस्ट लेखे- ‘भगवानलाई धन्यवाद।’ तर, केही समयपछि उनले त्यो पोस्ट हटाए।
साथै, शाहरुख खान, अमिताभ बच्चन, आलिया भट्ट, दीपिका पादुकोण जस्ता कलाकारहरू पनि अपरेशन सिन्दूरका बारेमा मौन नै बसे। भारतीय सेलिब्रेटीहरूले गरेका केही पोस्टहरूमा पनि न आतंकवाद शब्द छ न त पाकिस्तान नै!
अर्कोतर्फ, पाकिस्तानका ठूला सेलिब्रेटीहरू चाहे ती भारतमा काम गरिसकेका फवाद खान, माहिरा खान वा मावरा होकेन नै किन नहुन्, सबैले खुलेआम भारत विरोधी बयान दिएका छन्।
कसैले अपरेशन सिन्दूरलाई कायरतापूर्ण भनेका छन् भने कसैले यसलाई लज्जास्पद भएको प्रतिक्रिया दिएका छन्। तर भारतका ठूला सेलिब्रेटीहरूसँग सैनिकहरूको प्रशंसा र सान्त्वना बाहेक पाकिस्तान र आतंकवादबारे केही भनेनन्।
बलिउड कलाकारहरूको मौनताले आम दर्शकलाई मात्र नभएर धेरै सेलिब्रेटीहरूलाई पनि चिन्तित बनाएको देखियो। अभिनेत्री फलक नाज, गीताञ्जली मिश्रा, भूतनाथ फिल्म निर्देशक विवेक शर्मा, अभिनेता सुधांशु पाण्डेदेखि भारतीय चलचित्र संघका नेता कलाकारसम्मले कलाकारहरूको मौनतामाथि प्रश्न उठाएका छन्।
देशका लागि आवश्यक पर्दा कलाकारहरू बोल्नुपर्ने र देशको पक्षमा देखिनुपर्नेमा जोड दिए। कसैलाई पाकिस्तानी फलोअर्स घट्छन् भन्ने चिन्ताले त्यसबारेमा बोल्न नखोजेको हुनसक्ने उनीहरूको भनाइ थियो। यद्यपि उनीहरूले फलोअर्सभन्दा देश सधैँ माथि हुने समेत बताए।
जेठ ८, २०८२ बिहीबार १३:०५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।