१७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ। बुधबारको तुलनामा चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आज सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।

जेठ ८, २०८२ बिहीबार ११:०९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।