गाजामा युद्ध अन्त्य गर्न इजरायल तयार, तर राख्यो यी चार शर्त

एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलको सुरक्षा सुनिश्चित गर्ने परिस्थितिमा युद्ध अन्त्य गर्न आफू तयार रहेको बताएका छन्।
सबै इजरायली बन्धकहरूको रिहाइ, हमासको आत्मसमर्पण, गाजाबाट यसको नेतृत्वलाई निष्कासन र यस क्षेत्रलाई पूर्ण रूपमा निशस्त्रीकरण गरे गाजामा युद्ध अन्त्य गर्न इजरायल तयार रहेको उनले बताए।
उनले यो पनि भने, ‘गाजा छोड्न चाहनेहरूले त्यसो पनि गर्न सक्नेछन्।’
इजरायललाई युद्ध अन्त्य गर्न आग्रह गर्नेहरूले हमासले गाजामा शासन गरिरहन चाहेको इजरायली प्रधानमन्त्रीको आरोप छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल र गाजाबीचको द्वन्द्व सुरू भएदेखि गाजामा ५३ हजार भन्दा बढी मानिस मारिएका छन्।
जेठ ८, २०८२ बिहीबार ०९:३८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।