दिल्लीमा टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को वार्षिक सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

दिल्लीमा टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को वार्षिक सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

दिल्ली : नेपाल र उत्तर भारत समेटिएको टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को वार्षिक तीनदिने सम्मेलन दिल्लीमा सम्पन्न भएको छ।

दिल्ली, गुरगाउँ र मेरिडियन लगायत एनसीआरका टोस्टमास्टर्सहरूको सहभागिता रहेको सम्मेलनमा तीन सयभन्दा बढी सहभागी उपस्थित थिए। सम्मेलनको अध्यक्षता नेपालकी मुनाल प्रधानले डिस्ट्रिक्ट निर्देशकका रूपमा गरेकी थिइन्।

सम्मेलनले सन् २०२५ जुलाईदेखि २०२६ कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। जसअनुसार क्लब ग्रोथ निर्देशकमा नेपालकी दिप्ती आचार्य, डिस्ट्रिक्ट निर्देशकमा भारतका गौरव चौधरी र कार्यक्रम गुणस्तर निर्देशकको रूपमा श्वेतांक शर्मा निर्वाचित भएका छन्।

सम्मेलनमा टेबल टपिक्स र अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको थियो। टेबल टपिक्स वक्तृत्वकलामा नेपालकी सम्पदा रेग्मी प्रथम, साहिल बराल दोस्रो र देवांश तेस्रो भए। अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा भने नेपालकी संस्कृति आचार्य प्रथम भइन् भने श्रेया जैन द्वितीय र प्रसन्न श्रेष्ठ तृतीय भए।

सम्मेलनमा सन् १९९९ का विश्व पब्लिक स्पिकिङ च्याम्पियन क्रेग भ्यालेन्टाइनले वक्तृत्वकला सम्बन्धी तालिम दिएका थिए। प्राध्यापक डा. नीरजा पाण्डेले भने ‘नेतृत्वको जीवनमा महत्व’ र ‘प्रभावकारी प्रस्तुति’ विषयमा सम्बोधन गरेकी थिइन्।

प्रेरणादायी प्रस्तुतिहरू, उच्चस्तरीय प्रतियोगिताहरू र नयाँ नेतृत्व चयन गर्दै सम्मेलन सफलतापूर्वक सम्पन्न भयो।

अन्तर्राष्ट्रिय वक्तृत्वकलामा प्रथम भएकी संस्कृति आचार्यले अब क्षेत्रीय प्रतिस्पर्धामा भाग लिनेछिन् र त्यहाँ विजयी भएमा उनी विश्व वक्तृत्वकलाको फाइनलमा पुग्ने छिन्।

जेठ ८, २०८२ बिहीबार ०८:५६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।