तीन निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं : तीन वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू कालोसूचीमा परेका छन्।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना जारी गरी विभिन्न निकायहरुको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।
काठमाडौं महानगरपालिका-१४ ठेगाना उल्लेखित एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र त्यसका मुख्य व्यक्तिहरू अनिल ढुङ्गाना र खेमराज आचार्य डेढ वर्षका लागि कालोसूचीमा परेका छन्।
सल्यानको लेखपोखरा-६ ठेगाना उल्लिखित तुलसी निर्माण सेवा र त्यसका मुख्य व्यक्ति पूर्णबहादुर भण्डारीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
बाँकेको डडुवा गाउँपालिका-५ मा रहेको यज्ञश्वरी निर्माण सेवा र त्यसका प्रमुख व्यक्ति बिना बिसीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ।
निर्माण र आपूर्तिको ठेक्का लिएर काम नगरेपछि सम्बन्धित ठेक्का लगाउने निकायले कालोसूचीमा राख्न सिफारिस गर्नसक्ने कानूनी व्यवस्था छ।
त्यसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले त्यसरी सिफारिस भएका निर्माण कम्पनी र आपूर्तिकर्ताबारे थप बुझेर कालोसूचीमा राख्छ।
जेठ ८, २०८२ बिहीबार ०८:४४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।