इजरायली आक्रमण जारी रहँदा गाजाका सडकमा हमासविरुद्ध प्रदर्शन, पत्रकारलाई समाचार रोक्न धम्की

एजेन्सी : गाजामा इजरायली आक्रमण जारी रहेकै बेला हमासको विरोधमा प्यालेस्टिनीहरू सडकमा उत्रिएका छन्। दक्षिणी गाजामा लगातार तेस्रो दिन पनि हमास विरुद्ध प्रदर्शन भएको हो।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा सयौं प्रदर्शनकारीहरूले युद्ध अन्त्य गर्न र गाजाबाट हमास हटाउन माग गरिरहेको देखिन्छ। भिडियोहरूमा प्रदर्शनकारीहरूले ‘बाहिर, बाहिर, बाहिर, सबै हमास बाहिर’ भन्दै चर्को नारा लगाएको देखिन्छ।
गाजामा हमास विरुद्ध आवाज उठाउनु खतरनाक मानिन्छ। यसै क्रममा, मंगलबार पत्रकारहरूको ह्वाट्सएप समूहहरूमा धम्कीपूर्ण सन्देशहरू देखा परेका थिए। जसमा उनीहरूलाई ‘कुनै पनि नकारात्मक समाचार प्रकाशित गर्न’ रोक लगाइएको थियो।
इजरायल र गाजाबीचको द्वन्द्व सुरू भएदेखि गाजामा ५३ हजारभन्दा बढी मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
जेठ ८, २०८२ बिहीबार ०७:३८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।