अभिनेत्री वर्षा राउत एआइओएन भी को ब्रान्ड प्रवर्द्धकमा नियुक्त

काठमाडौं : सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई एआइओएन भी" को आधिकारिक ब्रान्ड प्रवर्द्धकको रूपमा नियुक्त गरेको छ। कार्यक्रममा उनलाई उक्त गाडी पनि हस्तान्तरण गरेको थियो।
सीजी मोटर्सका बिक्री महाप्रबन्धक, सुशील क्षेत्रीले राउतलाई एआइओएन भी को ब्रान्ड प्रवर्द्धकको रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। उनले अब मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा व्यक्त गरे।
अभिनेत्री राउतले ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस भएको बताइन्। चौधरी समूह अन्तर्गतको सिजी मोटर्सको नेपालमा २० भन्दा बढी बिक्री तथा मर्मत केन्द्रहरू र २६० भन्दा बढी चार्जिङ स्थानहरूको सञ्जाल छ।
जेठ ७, २०८२ बुधबार २१:११:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।