एकै दिन दुई महिला प्रहरी पुरस्कृत, सगरमाथा चढ्नेको बढुवा, ज्यान जोगाउनेलाई नगद पुरस्कार

काठमाडौँ : सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी कुञ्जाङ छोपेल शेर्पाको एक तह बढुवा भएको छ। प्रहरी महानिरीक्षक दीपक थापाले बुधवार प्रहरी सहायक निरीक्षक रहेकी उनलाई प्रहरी नायव निरीक्षकमा बढुवा गर्ने निर्णय गरेका हुन्।
प्रहरी प्रवक्ता रमेश थापाका अनुसार बुधवार थापाको अध्यक्षतामा बसेको विशेष बैठकले उनको बढुवाको निर्णय गरेको हो।
बुधवारै कैलालीको चैतन्यपुरको सडकमा प्रसव पीडामा रहेकी एक महिलालाई व्यक्तिको आँगनमा ल्याएर प्रसूति गराएकी प्रहरी जवान चन्द्रिका कुमारी देउवालाई समेत पुरस्कृत गर्ने निर्णय भएको थियो।
जेठ ७, २०८२ बुधबार २०:१८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।