मानव तस्करीमा सघाएको आशंकामा विमास्थल अध्यागमन प्रमुख अख्तियारको नियन्त्रणमा

मानव तस्करीमा सघाएको आशंकामा विमास्थल अध्यागमन प्रमुख अख्तियारको नियन्त्रणमा

काठमाडौं : हवाई माध्यमबाट मानव तस्करीमा सक्रिय समूहसँग मिलेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारेर प्रमुख तीर्थराज भट्टराईलाई बुधवार नियन्त्रणमा लियो।

अख्तियारको टोली अध्यागमनको कार्यालयमा गएर भट्टराईलाई नियन्त्रणमा लिएको हो। मानव तस्करीमा सक्रिय समूहसँग मिलेको सूचनाको आधारमा टोलीले उनलाई नियन्त्रणमा लिएसँगै महत्त्वपूर्ण सूचना मेटाउने शङ्कामा उनको मोबाइलसमेत जफत गरेको छ। अख्तियारको टोलीले विभागमा छापा मारेर महत्त्वपूर्ण फाइलहरू नियन्त्रणमा लिएको छ।

जेठ ७, २०८२ बुधबार १७:३८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।