नयाँ गभर्नरले उत्साहित शेयर बजार सुरुवाती कारोबार अंकभन्दा  १०२ अंक झरेर बन्द

नयाँ गभर्नरले उत्साहित शेयर बजार सुरुवाती कारोबार अंकभन्दा  १०२ अंक झरेर बन्द

काठमाडौं : राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त भएको बहानामा ९४ अंकसम्म उचालिएको शेयर बजार अन्तमा सुरुवाती कारोबारको अंकभन्दा १०२ अंक झरेर बजार बन्द भयो।

नयाँ गभर्नर नियुक्तिको चर्चासँगै मंगलबार शेयर बजार ४९ अंकले बढेको थियो। मंगलबार विश्वनाथ पौडेल गभर्नरमा नियुक्त पनि भए। बुधवार बजार खुल्दा ३ मिनेटमै मंगलबारको तुलनामा ९४ अंकले बढ्यो। बजार सुरु भएको ३ मिनेटमै २ हजार ७ सय ७१ अंकमा पुगे पनि बजार २ हजार ६ सय ६९ अंकमा बन्द भयो। 

मंगलबारको तुलनामा बुधवार बजार ७.९४ अंकले घट्यो। मंगलबार ७ अर्ब ३१ करोडको कारोबार भएकोमा बुधवार कारोबार रकम बढेर १० अर्ब ६९ करोड पुग्यो। 

बुधवार ९३ कम्पनीको मूल्य बढ्यो भने १५३ को घट्यो। एक कम्पनीको मूल्य स्थिर भयो। बुधवार बैंकिङ ०.२५, विकास बैंक ०.१४ प्रतिशत बढे पनि अन्य सूचकहरू घट्यो। फाइनान्स ०.२०, होटेल तथा पर्यटन ०.१२, हाइड्रोपावर १.०, लगानी ०.१३, जीवन बीमा ०.१५, उत्पादन ०.६८, माइक्रोफाइनान्स ०.५१, निर्जीवन बीमा ०.०१, अन्य ०.६३ तथा व्यापार ०.५१ प्रतिशतले घट्यो। 

बुधवार ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य १० प्रतिशत बढ्यो। सिन्धु विकास बैंकको ५.११, सप्तकोसी विकास बैंकको ४.७४, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२५ तथा एनएलजी इन्स्योरेन्सको ४.१२ प्रतिशत मूल्य बढ्यो।

स्वेतगंगा हाइड्रोपावरको ८.३२ ले मूल्य घट्दा मातृभूमि लघुवित्तको ६.२, बोटलर्स नेपाल बालाजुको ५.८८ प्रतिशतले मूल्य घट्यो। बुधवार राधि विद्युत्, माउन्टेन इनर्जी, ङादी ग्रुप, युनिभर्सल पावर र हिमालयन रिइन्स्योरेन्सको  शेयर धेरै कारोबार भए।

जेठ ७, २०८२ बुधबार १५:५०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।