छत्तीसगढमा २६ माओवादी मारिएको प्रहरीको दाबी

एजेन्सी : भारतको छत्तीसगढको माओवादी प्रभावित क्षेत्र नारायणपुरमा भएको मुठभेडमा २६ माओवादी मारिएको प्रहरीले दाबी गरेको छ।
राज्यका गृहमन्त्री विजय शर्माले बुधबार भने, ‘ओरछा क्षेत्रमा लगभग ५० घण्टादेखि चलिरहेको खोजी अभियानमा २६ भन्दा बढी माओवादी मारिएका छन्। केही ठूला माओवादी कार्यकर्ताहरू पनि मारिएको रिपोर्ट आएको छ।’
उनले मारिएका माओवादीहरूको संख्या बढ्नसक्ने कुरालाई अस्वीकार गरेका छैनन्।
खोजी कार्य अझै जारी रहेको भन्दै उनले सरकार छत्तीसगढलाई ‘रातो आतंक’बाट मुक्त गर्न प्रतिबद्ध रहेको बताएका छन्।
विगत १५ महिनामा छत्तीसगढमा प्रहरीले माओवादीविरुद्ध गरेको कारबाहीमा अहिलेसम्म ४०० भन्दा बढी माओवादीहरू मारिएका छन्।
देशका गृहमन्त्री अमित शाहले मार्च ३१, २०२६ सम्ममा देशबाट माओवादी पूर्ण रूपमा उन्मूलन गर्ने घोषणा गरेका छन्।
जेठ ७, २०८२ बुधबार १४:२४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।