कांग्रेस सांसदले उद्धव थापालाई बधाई दिँदा प्रदेश सभामा छुट्यो हाँसोको फोहरा

कांग्रेस सांसदले उद्धव थापालाई बधाई दिँदा प्रदेश सभामा छुट्यो हाँसोको फोहरा

काठमाडौं : नेपाली कांग्रेसका तर्फबाट बागमती प्रदेश सभा सांसद शिवराज अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बधाई दिएका छन्।

बुधबारको प्रदेश सभा बैठकमा बोल्दै सांसद अधिकारीले बागमती प्रदेशमा राप्रपाको तर्फबाट सांसद भएका उद्धव थापाप्रति इंकित गर्दै उनले गुमनामको साटो बदनाम भएकोमा बधाई दिएका हुन्।

उनले थापा केन्द्रित भएर भने, ‘उद्धव थापालाई बधाई दिन चाहन्छु। सार्वजनिक जीवनमा रहेका मानिसहरू गुमनामभन्दा बदनाम ठिक हुन्छ। पोहोर परारसम्म तपाईंहरू गुमनाम हुनुहुन्थ्यो। अहिले कमसेकम गाली त गर्या छन्।’

पूर्वराजा ज्ञानेन्द्र र राजावादीहरुले जति नै चाहे पनि हुनेवाला केही नभएको भन्दै समय बर्बाद नगर्न उनले सुझाव दिए।

उनले अगाडि थपे, ‘तपाईंहरू लागिरहनु भएको छ। तर, हुनेवाला केही पनि छैन। समय बर्बाद नगर्नुस्।’

उक्त समयमा अगाडि नै रहेको राप्रपा सांसद थापा तथा अन्य सांसदहरू पनि गलल हाँसेका थिए।

जेठ ७, २०८२ बुधबार १३:४०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।