गभर्नर डा. पौडेलद्वारा पदभार ग्रहण, सुपरीवेक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता

गभर्नर डा. पौडेलद्वारा पदभार ग्रहण, सुपरीवेक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता

काठमाडौं : एक महिनाभन्दा लामो समयको रस्साकस्सी पछि नियुक्त भएका नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण गर्दै पौडेलले बैङ्क तथा वित्तीय संस्थाको सुपरिवेक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।

उनले भने, ‘हामीले केबल नियम बनाएर मात्र हुँदैन, सुपरिवेक्षणलाई पनि बढाउनुपर्छ। त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ।’

गभर्नर डा. पौडेलले सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अवलम्बन गर्ने बताए। साथै, राष्ट्र बैङ्कका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उनले उल्लेख गरे।

राष्ट्र बैङ्कको स्वायत्तता कायम गर्नका लागि राष्ट्र बैङ्क ऐनअनुसार काम गर्ने पनि गभर्नर डा. पौडेलको भनाइ छ।

डा. पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए।

त्यसलगत्तै उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थमन्त्रालयमा भेटवार्ता गरेका थिए।

जेठ ७, २०८२ बुधबार १२:५९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।