पाँच हजारले बढ्यो सुनको मूल्य

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।
विगत तीन दिनदेखि स्थिर पहेँलो धातुको मोल आज तोलामा पाँच हजारले वृद्धि भएको छ। चाँदी पनि तोलामा रु ५० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८९ हजार आठ सय रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
जेठ ७, २०८२ बुधबार ११:३९:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।