रुस-युक्रेन युद्ध रोक्न इटालीद्वारा भ्याटिकन मध्यस्थताको समर्थन

रुस-युक्रेन युद्ध रोक्न इटालीद्वारा भ्याटिकन मध्यस्थताको समर्थन

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध रोक्न भ्याटिकन मध्यस्थता गर्न सुझाव दिएका छन्। इटालीले पनि यसलाई समर्थन गरेको छ।

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको कार्यालयले इटाली युक्रेनमा ‘सम्पर्क निर्माण गर्न र शान्तिको लागि काम गर्न तयार’ रहेको बताएको छ। यद्यपि, यस विषयमा अझै सहमति हुन सकेको छैन।

गत शुक्रबार, टर्किमा रुसी र युक्रेनी अधिकारीहरू बीच बैठक भयो। यस बैठकमा रुसले धेरै नयाँ मागहरू राखेको बताइएको छ।

पोप लियोले गत हप्ता भ्याटिकन दुई देशलाई एकसाथ ल्याउन र शान्ति स्थापना गर्न  सधैँ तयार रहेको बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस हप्ताको सुरुमा भ्याटिकनमा पोप लियोसँग भेटेका थिए।

तर, भ्याटिकनले ट्रम्पले सुझाव दिएको मध्यस्थता अहिलेको लागि एक विकल्प र आशा भएको बताएको छ।

जेठ ७, २०८२ बुधबार १०:२९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।